
७५३ पालिका मध्ये हालसम्म १२ पालिकाकाे मतपरिणाम सार्वजनिक भएकाे छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार सार्वजनिक भएकाे मत परिणाम अनुसार ६ स्थानमा विजयी हासिल गरी नेकपा एमाले अग्रस्थानमा रहेकाे छ ।
त्यस्तं, ३ पालिकाकाे विजयसहित नेपाली कांग्रेस दाेस्राे स्थानमा रहेकाे छ ।
मनाङको सबै पालिकाको मत गणना सकिएको छ । मनाङका दुई पालिका एमाले र दुई पालिकामा कांग्रेसले जितेको छ।
त्यस्तै, मुस्ताङको चार पालिकाको पनि मत परिणाम सार्वजनिक भइ सकेको छ । जहाँ तीन पालिका एमालेले जितेको छ । त्यस्तै, डोल्पाको एक पालिका पनि एमालेले जितेको छ ।
१२ पालिकामध्ये एमाले पहिलो स्थानमा, कांग्रेस दोस्रो र नेकपा एकीकृत समाजवादी दुई पालिका जितेर तेस्रो स्थानमा छ । नेकपा माओवादी केन्द्रले एक पालिका जितेको छ ।
नेपाली कांग्रेसले मनाङका दुई र मुस्ताङका एक गरी तीन पालिका जितेर दोस्रो स्थानमा छ । नेकपा एकीकृत समाजवादी दुई पालिका निर्विरोध निर्वाचित भएको हो भने नेकपा माओवादी केन्द्रले डोल्पाबाट विजयकाे खाता खोलेको छ ।