
फाइल फोटो
नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ। उक्त जहाजमा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक कतारको दोहा हुँदै पेरिस पुग्नेछन ।
सोे उडानमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक रहेका छन्।
यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ। कतारपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ।
सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ । यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ।