
भारतमा आफूलाई कोरोनाभाइरस संक्रमण भएको हुनसक्ने डरका कारण एक युवाले अस्पतालको छतबाट हाम्फालेर मृत्यु रोजेका छन् ।
राँचीको लेक भ्यू अस्पतालमा एक युवालाई क्वारेन्टाइनमा राखिएको थियो । उनी यसअघि कोरोनाभाइरस संक्रमितको सम्पर्कमा आएकाले क्वारेन्टाइनमा राखिएको र उनको स्वाब परीक्षणको क्रममा थियो । मंगलबार उनको रिपोर्ट आउने भनिएको थियो ।
तर, मंगलबार दिउँसो नै मंगल कच्छपले आत्महत्या गरेका हुन् । एम्बुलेन्स चालक मंगलले केही दिनअघि एक व्यक्तिलाई विमानस्थलमा छोडेका थिए । ती व्यक्तिलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको र उनको मृत्यु भएको थाहा पाएपछि मंगलले अस्पतालको छतबाट हाम्फालेका हुन् ।