
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षबाट ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । यसअघि ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था थियो ।
यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समयमा ६८ वर्ष पुगेका र नेपाली नागरिकता प्राप्त गरेका नागरिकले वृद्धभत्ता प्राप्त गर्ने छन् ।
युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ४६ करोड रकम विनियोजन, राष्ट्रिय खेलकुद परिषद्का लागि दुई अर्ब नौ करोड रुपियाँ विनियोजन, निशन्तान महिलाले प्रयोग गर्ने टेस्टुयुब बेबी प्रविधिलाई काठमाडौं बाहिर विस्तार गरिने छ ।
सहरी क्षेत्रमा लैङ्गिक मैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ, स्थानीय तहमा एक परिवारलाई एक विद्युतीय चुल्हो वितरण गरिने छ, वडा तहमा महिलालाई क्षमता विकासका लागि तालिम दिइने छ । एसियाली र ओलम्पिक खेलकुदमा पदक ल्याउने खेलाडीका लागि आजीवन तलब भत्ताको व्यवस्थापन गरिनेछ, हिंसामा परेका महिलाका लागि आवास निर्माण गरिने छ ।
सङ्केतिक भाषा र ब्रेल लीपीका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने व्यवस्थापन मिलाइएको छ । तनहुँको ढकालटारमा बालसुधार गृहका लागि बजेट विनियोजन, ज्येष्ठ नागरिक पार्क निर्माणका लागि बजेट विनियोजन छ ।