
अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आगामी वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट , अघिल्लो वर्ष भन्दा २२ करोड रुपैयाँ घटाइएको हो ।
चालु आर्थिक वर्ष २ अर्ब ७४ करोड रुपैयाा विनियोजन भएको थियो । पछि प्रतिस्थापन बिधेयकमार्फत नयाँ बजेट जारी गरेको सरकारले खेलुकुदमा ६ करोड बजेट कटाएको थियो ।
९ औं राष्ट्रिय खेलकुद आयोजना र १० औं राष्ट्रिय खेलकुदको पुर्वाधार निर्माण सहितका योजना प्राथमिक्तामा राख्दै सरकारले राखेपलाई दुइ अर्ब नौ करोड रुपैयाँ बिनियोजन गरेको छ ।
यस वर्ष बहुप्रतिक्षित मुलपानी त्रिकेट मैदानको निमार्ण कार्य सम्पन्न हुने सरकारले बताएको छ । चितवनमा बन्दै गरेकेा गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालालाई प्रदेश र स्थानीय तहको सहयोगमा पुर्णता दिइनेछ भने कीर्तिपुरको त्रिवि मैदान स्तरोन्नत्ती र राति पनि खेल खेल्न सक्ने बनाउने योजना छ ।
बाँकेको कोहलपुरमा बन्ने महिला क्रिकेट मैदान तथा एकेडेमीका लागी बजेट विनियोजन गरिएको छ । धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम बनाइने छ । पूर्वाधार निर्माणमा सरकारले ८७ करोड छुट्याइएको छ ।
खेलकुदमा दीर्घकालीन विकासको योजना सहित २० वर्षे गुरुयोजनाका लागि बजेट विनियोजन गरिएको छ । यसअघि खेलकुद परिषदले पनि भिजन ट्वान्टीट्वान्टी ल्याएको थियो । तर अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन ।