९ बैशाख २०८२, मंगलवार

बजेटमा भौतिक पूर्वाधार प्राथमिकतामा

janardan

सरकारले आगामी आर्थिक बर्षको बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । विकासनिर्माणसाग सम्वन्धि मन्त्रालयको बजेट वृद्धि गरिएको छ । भौतिक पुर्वाधार मन्त्रालयतर्फ सबै भन्दा बढी १ खर्ब ६१ अर्ब २६ करोड विनियोजन गरिएको छ ।

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्रगतका राष्ट्रिय गौरवका आयोजनाहरुको बजेट बढाइएको छ । जसमा तराई मधेश दुर्तमा मार्गको बजेट ३० अर्ब ७ करोड पुर्‍याईएको छ । त्यस्तै पुर्व पश्चिम राजमार्गलाई ४ लेनको बनाउने कार्यक्रमलाई ३० अर्ब विनियोजन गरेको छ ।

हुलाकी राजमार्गको लागि ६ अर्ब ७ करोड मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड, नगढुंगा सुरुङ मार्गको लागि ५ अर्ब रुपैयाा विनियोजन गरिएको छ । पुप्पलाल राजमार्गलाई ९ अर्ब रुपैयाा बजेट विनियोजन भएको छ । चक्रपथ बाहिर खानेपानीको पाईपलाई विस्तार गर्न १ अर्ब ९२ करोड विनियोजन गरिएको छ ।

कलंकि-चवहिल चक्रपथ विस्तार परियोजनाको लागि १ अर्ब रुपैयाा विनियोजन गरिएको छ । मदन भण्डारी राजमार्गको लागि २ अर्ब ९१ करोड, रेल मेट्रो आयोजनाको लागि ६ अर्ब ५३ करोड प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ७ अर्ब ५ करोड रुपैयाा विनियोजन गरेको छ । सबै स्थानीय तहमा निमाणर्ाधीन अस्पतालको लागि १० अर्ब रुपैयाा गरिएको छ । विभिन्न ३१ वटा खानेपानी आयोजनाको लागि ४ अर्ब रुपैयाा विनियोजन गरेको छ । त्यस्तै काठमाडौंदेखि चितवनसम्मको दुरी १ घण्टामै पुरा गर्ने बताईर्एको छ ।

त्यस्तै आगामी आर्थिक बर्षमा ८ सय किलो मिटर सडक कालो पत्रे गर्ने उल्लेख गरेको छ । भने २ सय ५६ किलोमिटर सडकको स्तोरउन्नती गर्ने उल्लेख गरिएको छ । निर्वाचन क्षेत्र रणनीतिक सड्क आयोजनाको लागि ७ अर्ब ७४ करोड, राष्ट्रिय गौरवको उत्तर दक्षिण राजमार्गको लागि ४ अर्ब ७४ करोड रुपैयाा विनियोजन गरेको छ ।