
घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने फिल्म ‘लन्डन टु पेरिस’का अभिनेता कबिर खड्का अनुबन्धित भएका छन् ।
बेलायत र फ्रान्समा सुटिङ हुने फिल्मका लागि निर्माण टिमले फिल्ममा रहने दुई हिरोमध्ये एकका लागि खड्कालाई फाइनल गरिएको बताइएको छ । केही समयअघि निर्माण टिमले अभिनेता खड्कासँग लिखित सम्झौता गरेका थियो ।
ओस्कार कजेलबाट अभिनयमा स्नातक तह गरेका कबिर खड्काले फिल्म ‘लम्फू’ बाट अभिनय यात्रा सुरूवात गरेका हुन । उनको अभिनय रहेको फिल्म ‘गुन्जन’ रिलिजको तयारीमा छ । निर्देशक घनश्याम लामिछानेका अनुसार निर्माण टिमले अर्को नायकलाई साइन गरिसके पनि अर्को हप्ता तिर फोटोसुट र फस्टलुकसहित सार्वजनिक गर्ने बताएका छन् ।
निर्माण टिमले यसअघि दुई हिरोइन अनुबन्ध गरिसकेको छ । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह यसअघि नै हिरोइनको रुपमा अनुबन्ध भइसकेकी छन् । फिल्ममा मोडल गरिमा शर्मा भने सह-अभिनेत्रीको भूमिका रहने बुझिएको छ ।
गरिमा फिल्ममा अनुबन्धित भैसककोे सञ्चारमाध्यमा समाचार छापिएसँगै दर्शकबाट भने राम्रो प्रतिक्रया आएको छैन । उनलाई टिकटक स्टारको नराम्रो छाप लगाएका छन् । केही दर्शकले यस्तालाई फिल्ममा किन अनुबन्धित गरेको फिल्म सिधै फल्प भनेर भन्न थालेका छन् । भने केहीले उनका म्युजिक भिडियो रुचाए पनि हिरोइनका रुपमा सहझै रुचाएको देखिदैन ।
अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहने फिल्मका सह-निर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।
निर्देशक लामिछानेले यसअघि ‘धौली, अग्निदहन र पञ्चेबाजा’ जस्ता समिक्षकबाट निकै रुचाएका फिल्म निर्देशन गरिसकेका छन् । यस फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्म आगामी असारको दोस्रो साताबाट छायांकनमा जाने निमार्ण टिमले जनाएको छ ।