
बर्दीमा हतियारसहित टिकटक बनाउने शसस्त्र प्रहरी बल- एपीएफका एक जवान जागिरबाट निकालिएका छन्। एपीएफ मुख्यालयले सोमबार उनलाई जागिरबाट निकालेको हो।
तीन साता अघि बारामा कार्यरत उदयपुरका बलबहादुर परियारले बनाएको टिकटक भिडियो भाइरल बनेको थियो।
परियार चैतको दोस्रो साता तालिम सकेर फिल्डमा खटिएका थिए। तालिम सकेको एक वर्ष परिक्षण काल रहने भएकाले परियारको नियुक्ती बदर गरिएको एपीएफले जनाएको छ।