
सेनाका ‘लेफ्टिनेन्ट कर्णेल’ ले चलाएको कारको ठक्करबाट काठमाडौंको रविभवनमा एक जनाको मृत्यु भएको छ ।
कालीमाटीबाट कलंकीतर्फ जाँदै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकललाई कर्णेल शिखर जबराले चलाएको बा २१ च ४३४७ नम्बरको कारले ठक्कर दिएको थियो ।
कारको ठक्करबाट मोरङ बेलबारी घर भई हाल काठमाडौं टंकेश्वरमा बस्दै आएका मोटरसाइकल चालक २३ वर्षीय टीकाराज गेलालको मृत्यु भएको हो ।

आज विहान ७ बजेर २५ मिनेटमा भएको दुर्घटनामा परेर गम्भीर घाईते चएका मोटरसाइकल चालक गेलालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।
कार चालक कलंकी स्युचाटारका ३९ वर्षीय लेफ्टिनेन्ट कर्णेल शिखर जबरा रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जबरा आर्मी हेडक्वाटरमा कार्यरत छन्। मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। कालिमाटीबाट मासु लिएर फर्कंदै थिए ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार कार र चालकलाई नियन्त्रणमा लिई कालीमाटी वृत्तमा राखी अनुसन्धान थालिएको छ । दुर्घटनामा सख्त घाइते टीकाराजको नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कर्णेल जबरा सेनाको मुख्यालय भद्रकालीमा कार्यरत छन् ।