७ बैशाख २०८२, आईतवार

नायिका साम्राज्ञी र नायक सुशिलको फिगरले आफूलाई आकर्षित: पुष्प खड्का

pooja and kumar

नायक पुष्प खड्का फिटनेशनमा पनि खुबै ध्यान दिन्छन् । पुष्पले फिल्म ‘मारुनी’को छायांकनको समयदेखि मात्र आफूले फिटनेशनमा बढी ध्यान दिन थालेको बताएका छन् ।

आज बौद्धमा एक बर्ष अगाडि स्थापना भएको एस आई फिटनेशको ब्रान्ड एम्ब्यासडरमा नियुक्त भएपछि मिडियाकर्मीसँग कुरा गर्दै पुष्पले भने–‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’को लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । तर, अहिले फेरि घटाउनु परेको छ ।’

पुष्पले नेपाली फिल्म क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको फिगरले आफूलाई आकर्षित गर्ने बताए । उनले अगाडि भने–‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाईलाई देख्छु ।’

नायक खड्काको क्रेज र जिम प्रतिको लगाव देखेर आफूले ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको एस आई फिटनेशनका संचालक कुमार स्याङ्बोले जानकारी दिए । उनले, अहिले फिटनेश सेन्टरमा ३ सय जना नियमित रुपमा जिम गर्न आउने गरेको बताए ।

कुमारले देशभर नै एस आई फिटनेशनको शाखा विस्तार गर्ने योजनामा आफू रहेको र चाडै नै महाराजगञ्जमा शाखा खोल्न लागेको समेत बताए ।

puspa khadka

    सम्बन्धित समाचार...