
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।
मंगलबार र बुधबार स्थगित बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ।
प्रज्ञा भवन कमलादीमा हुने केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनुहुने कार्यसूची छ ।
यस्तै पूर्वस्थायी कमिटीले दिएको जिम्मेवारीअनुसार अध्यक्ष दाहालले पदाधिकारी, पोलिटब्यूरोलगायत प्रस्ताव गर्ने तयारी समेत छ।
सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने अध्यक्ष दाहालको भनाइ छ । उहाँले आफूले प्रस्ताव गरेका नाममा मतदानमा नजान पनि आग्रह गर्नुभएको छ ।
माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो लगाउन सकेको छैन।