८ बैशाख २०८२, सोमबार

एक मलेसियाली कैदीलाई सिंगापुरमा फाँसी

hanging and death

सिंगापुरले एक मलेसियाली कैदीलाई फाँसी दिएको छ । लागुऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई फाँसी दिइएको हो ।

सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो ।

कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन् । हानका अनुसार कलवन्त जस्तै उही मुद्दामा हिरासतमा रहेका र सिंगापुरका नोराशरी गौसलाई पनि लागूऔषध तस्करीको अभियोगमा फाँसी दिइएको थियो ।

‘कलवन्त सिंह र नोराशरी बिन गौस दुवैको फाँसी पुष्टि गर्दा म दुःखी छु ।  दुवै परिवारलाई उनीहरूको शव र प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कलवन्तको परिवार अझै जेलमा छ ।  म नोरासरीको अन्त्येष्टिमा जाँदैछु’, हानले ट्वीट गरेकी छिन् ।

    सम्बन्धित समाचार...