
प्रतिनिधि सभामा प्रस्तुत भएको नागरिकता विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेका सांसद कृष्णभक्त पोखरेलले प्रस्तावित विधेयकमा वैवाहिक अंगीकृत नागरिकताबारे मौन रहनुको कारण खोजेका हुन् ।
‘वैवाहिक अंगीकृत नागरिकताबारे बारे छलफल हुन नसक्ने हो ?’ सांसद पोखरेलको प्रश्न छ ।
उनले विवाह गरेर आउनेवित्तिकै नागरिकता दिने व्यवस्था कहाँ छ भनी प्रश्न गरे ।
‘कहाँ छ आउने वित्तिकै नागरिकता दिने ? भारतमा ७ वर्ष छ । जहाँ पनि कम्तिमा ४/५ बर्ष छ’ उनले भने ।
सांसद पोखरेलको आग्रह छ, ‘कति पनि हुन्न विवाह गरेर आउने वित्तिकै नागरिकता पाउनुपर्छ भन्ने हुनु हुँदैन । यसमाथि छलफल गरौं र एउटा निष्कर्षमा पुगौं ।’
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विवाह गरेर आएको ७ बर्ष पछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था सहित नागरिकता विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।
तर, उक्त विधेयकलाई फिर्ता लिएर सरकारले नयाँ विधेयक ल्याएको छ ।
नयाँ विधेयक माथि संसदमा छलफल सुरु भएको छ ।