
बालीनाली बाँदरले सखाप पारेपछि भोजपुरका किसानले खेतीयोग्य जमिन बाँझिन नदिन वैकल्पिक खेती लगाउन थालेका छन् । किसानले ड्रागन फ्रुट र कागती जस्ता बाँदरले नखाने फलफूल खेती गर्न थालेका हुन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-८ गोगने सल्लेनीका शम्भु नेपालले ४२ रोपनी जग्गामा लगाएको ड्रागन फ्रुट र कागती खेतीबाट रामै्र आम्दानी लिन थालेका छन् ।
बाादरबाट अन्नबाली जोगाउन नसक्दा यो जमिन वर्षौदेखि बााझिएको थियो । तर तीन वर्ष अगाडि बाँदरले नखाने प्रजातिका फलफूल रोपेपछि अहिले बाषिर्क १४ देखि १८ लाख रुपैयाँसम्म आम्दानी लिन थालेका छन् ।
सिँचाइ अभाव र बाँदरका कारण लगाईएको बाली भित्र्याउन नपाउँदा भोजपुरका अधिकांश गाउँ बसाइँ सर्न बाध्य छन् । खेतीयोग्य जमिन बाँझिँदै गएका छन् । त्यसैले बाँदरले नखाने ड्रागनफ्रुट र कागती, टिम्बुर जस्ता फलफुल तथा नगदेबालीमा युवाहरु आकषिर्त छन् ।
ड्रागन फ्रुटले रोपेको २ वर्षमा नै आम्दानी दिन्छ । बजारको माग अनुसार उत्पादन पनि छैन् । कागती र टिम्बुर खेतीमा पनि स्थानीयको उत्तिकै रुची छ ।
अहिले भोजपुरमा पाँच सय तीस हेक्टर क्षेत्रफलमा बाँदरले नष्ट नगर्ने खालका फलफूल खेती गर्न थालिएको छ । वन्यजन्तुबाट जोगाउन सकिने, जमिन बाँझो नरहने र आम्दानी राम्रो हुने वैकल्पिक खेतीका लागि तीनै तहका सरकारले पनि किसानलाई प्रोत्साहन गर्नु आवश्यक छ । यसले युवालाई विदेशिनबाट रोक्न र आयात घटाउन समेत सघाउनेछ ।