
बलिउडका दिग्गज कलाकार ऋषि कपुरको अप्रिल ३० मा निधन भयो । ऋषि दुई वर्षसम्म ब्लड क्यान्सरबाट ग्रसित थिए । तीन दिनअघि ऋषि कपुरको १३ औं दिनमा उनको घरमा प्रार्थना सभाको आयोजना गरियो । यसका लागि रणबीर कपुर प्रेमिका आलिया भट्टसँगै घरमा आएको देखिए ।
त्यतिबेलाको रणबीरको फोटो सोसल मिडियामा चर्चामा विषय बनेको छ । यस्तो समयमा पनि रणबीर आफ्नी आमासँग किन बसिरहेका छैनन् भनेर धेरैले प्रश्न उठाएका छन् । कतिले उनको फोटोमा निकै खराब स्तरको कमेन्टसमेत गरेका छन् ।



रणबीरकी दिदी रिद्धिमा कपुर सानीले बुवाको १३ औं दिनको फोटो पोस्ट गरेकी छिन् ।
यसका साथै, आलिया यो दुःखको घडीमा रणबीर र उनको परिवारको साथमा छिन् । यद्यपि, रिद्धिमा भने लकडाउनका कारण आफ्नो बुवाको अन्तिम संस्कारमा समावेश हुन सकिनन् । पछि उनी गाडीमा यात्रा गरेर मुम्बई पुगिन् । एजेन्सी