८ बैशाख २०८२, सोमबार

प्रम देउवाद्धारा नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त

pm sherbahadur deuba
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन ।

नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।

तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास प्रधानमन्त्रीको विश्वास छ ।

यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना प्रधानमन्त्री देउवाको छ ।