
प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवारले आर्थिक सहयोग संकलन गर्न थालेका छन् ।
चुनाव प्रचारका लागि भन्दै उम्मेदवारले व्यवसायीसाग सहयोग माग्न थालेका हुन् । तारन्तार दबाब दिन थालेपछि व्यवसायीले फोन नै बन्द गर्न थालेका छन् ।
कोरोना महामारीबाट लामो समयसम्म पिल्सिएका उद्योगी व्यवसायी अहिले बैंकको चर्को ब्याजको मारमा छन् । यही बेला प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि भन्दै उम्मेदवारले सहयोग माग्न थालेका छन् । यसले व्यवसायीलाई दबाब मात्र परेको छैन त्रसितसमेत बनाएको छ ।
त्यसो त व्यवसायीले व्यक्तिगत रुपमा सहयोग मागेको कुरा सार्वजनिक गर्न सकेका छैनन् ।
उनीहरुले आफ्नो संगठनमा भने यस विषयमा कुरा उठाइरहेका छन् । उम्मेदवारहरुले रकम माग गरिरहे पनि आफूहरु सहयोग गर्न सक्ने स्थितिमा भने नरहेको व्यवसायी बताउाछन् ।
विगतका चुनावमा कतिपय राजनीतिक दल तथा उम्मेदवारले धम्कीपूर्ण भाषाको प्रयोग गरेर सहयोग माग गरे पनि यो पटक त्यस्तो भने छैन । तर आफूले जितेमा सहयोग गर्ने आश्वासन भने दिने छाडेका छैनन् ।
चुनावका बेलामा उम्मेदवारलाई सहयोग गरेको रकम चुनावपछि व्यवसायीले उपभोक्ताबाटै असुल्छन् । यस्तोमा राजनीतिक दलहरु मौन बस्दा अन्ततः मारमा भने उपभोक्ता नै पर्छन् ।