
सरकाले पर्यटक पूर्वाधारका लागि एक अर्ब २० करोड बजेट व्यवस्थापन गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को बजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले पर्यटक विकासका लागि एक अर्ब २० करोड बजेट विनियोजन गरेको बताए ।
सरकारकाले पर्यटन पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड बजेटको व्यवस्था गरेको छ । सबै प्रदेशमा ठूला पर्यटकीय स्थल विकास गर्ने लक्ष्य पनि सरकारले लिएको छ ।
संघीय संसदमा आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने नीति पनि सरकारले लिएको जानकारी दिनुभयो ।
पर्यटन विश्व विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने
पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न पर्यटन विश्व विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने । माध्यामिक तह भन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयको अध्ययन गराइने ।