८ बैशाख २०८२, सोमबार

बरिष्ठ गीतकार रत्नशमशेर थापाकाे निधन

ratna shumsher thapa

वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । ८१ बर्षकाे उमेरमा बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हाे । उनकाे मुटुकाे अप्रेशन गरेर कमलपाेखरिस्थित आफ्नै घरमा आराम गर्दे आइरहेकाे र अकस्मत स्वास्थ्यमा समस्या आएपछि बुधबार उनलाई अस्पताल भर्ना गरिएकाे पारिवारिक स्रोतले जानकारि दिएका छन ।

नेपाली गीत सङ्गीतको दुनियाँमा जिउँदो इतिहासको रूपमा चिनिने थापाको निधनप्रति सम्पुर्ण कलाप्रेमी तथा कलाकारहरुले दुख: व्यक्त गरेका छन् । उनको निधनले नेपाली गीत संगीतको क्षेत्रमा अपुरणिय क्षति भएको छ । थापाले थुप्रै कालजायी गीतहरु लेखेका छन जसमध्ये “ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो”, “घुम्तिमा नआउ है”, “जाग-लम्क-चम्क हे नवजवान हो”, “विछोडको पीडा नसकी खप्न”, “उकालि ओरालि गर्दै” लगायतका थुप्रै गीत चर्चित छन् ।

गीतकार थापा देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, लाइफ टाइम एचिभमेन्ट अवार्ड (हिट्स एफ.एम), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, छिन्नलता पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आदि बाट सम्मानित भएका थिए ।

सन् १९३९ मा जन्मिएका बरिष्ठ गीतकार रत्न शमसेर थापाकाे असमायिक निधनप्रति नेपाल घटनाकाे तर्फबाट हार्दिक श्रद्वाञ्जलि ।

उनकाे आत्माले शान्ति पाओस ।

याेगिन राई काठमाडाै
ज्येष्ठ १५