
अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस शुक्रवार गाईघाटमा १६ दिने महिला हिंसा विरुद्धको अभियानसँगै सुरु गरिएको छ ।
विश्वभर अन्तर्राष्ट्रिय महिला दिबस ८ मार्चमा मनाउने गरिएको छ । २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म चल्ने अभियानमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुनेछन ।
यस अवसमा गाईघाट बजारमा पनि विभिन्न कार्यक्रमहरु गरिएका छन् । त्रियुगा नगरपालिकाको आयोजनामा नगरको १६ वटै वडा, नगरपालिकाको कार्यालयमा जनचेतनामूलक व्यानर राखिएको छ । त्यसैगरी महिला हिंसा गर्दिन भन्ने प्रतिबद्धतासहित सेतो रिवन वितरण गरिएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले बताईन ।
नगरमा अभियान प्रभावकारी बनाउन जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग छलफल गर्ने, अभिमूखीकरण कार्यक्रमहरु तथा वक्तित्वकला प्रतियोगिताको आयोजना गरिने उनले बताइन ।