
प्रतिनिधिसभा प्रत्यक्षतर्फ सत्तारुढ नेपाली कांग्रेसले ५१ सिट जितेको छ । साढे ५ बजेसम्ममा कुल १४५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसको ५१ सिट पुगेको हो ।
जारी मतगणनाको ६ स्थानमा अग्रता बनाएको कांग्रेस ठूला दलका रुपमा देखिएको छ । कांग्रेसले प्रदेशसभातर्फ पनि सबैभन्दा धेरै १०२ सिट जितेको छ । प्रदेशको जारी मतगणनामा कांग्रेस ४ स्थानमा अगाडि छ ।
दोस्रो ठूलो दलको रुपमा एमाले देखिएको छ । एमालेले हालसम्म ३८ सिट जितेको छ भने पाँच स्थानमा अग्रता बनाएको छ । प्रदेशसभातर्फ पनि एमाले दोस्रो स्थानमा रहेको छ । एमालेले ८१ सिट जितेको छ । मतगणना जारी रहेकामध्ये ८ स्थानमा अगाडि छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले १६ स्थानमा जित निकालेको छ भने २ ठाउँमा अग्रता बनाएको छ । यस्तै चौथो नम्बरमा रहेको नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । एकीकृत समाजवादीले हाल कुनै पनि स्थानमा अग्रता बनाउन सकेको छैन ।
यसपटकको निर्वाचनबाट उदाय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जितेर पाँचौँ नम्बरमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ५, स्वतन्त्र ५, लोकतान्त्रिक समाजवादी पार्टी ४ तथा नागरिक उन्मुक्ति पार्टी ३ स्थानमा विजयी भएका छन् ।
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश शेरचन
२. मनाङ- टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४- गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल-
७. रसुवा- मोहन आचार्य
८. ललितपुर १- उदयशमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा- शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा- रामहरि खतिवडा
१५. झापा १- विश्वप्रकाश शर्मा
१६. पर्सा १- अजयकुमार चौरसिया
१७. गोरखा १- राजेन्द्र बजगाई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २- दुर्लभ थापा क्षेत्री
२४. दैलेख २- दिक्पालकुमार शाही
२५. कञ्चनपुर २ – नारायणप्रकाश (एनपी) साउद
२६. सिन्धुली १- श्यामकुमार घिमिरे
२७. तनहुँ १ – रामचन्द्र पौडेल
२८. बाँके ३ – किशोरसिंह राठोर
२९. नवलपरासी पूर्व १ – शशांक कोइराला
३०. रौतहट ४ – देवप्रसाद तिमलसेना
३१. धादिङ २- रामनाथ अधिकारी
३२. नवलपरासी पूर्व २ – विष्णुकुमार कार्की
३३. दाङ ३ – दीपक गिरी
३४. नवलपरासी पश्चिम १ – विनोदकुमार चौधरी
३५. बर्दिया १ – सञ्जयकुमार गौतम
३६. सुर्खेत १ – पूर्णबहादुर खड्का
३७. सप्तरी ३ – दिनेशकुमार यादव
३८. मोरङ ६ – डा. शेखर कोइराला
३९. धनुषा २ – रामकृष्ण यादव
४०. कैलाली ५ – डिल्लीराज पन्त
४१. गुल्मी १ – चन्द्रकान्त भण्डारी
४२. सिन्धुपाल्चोक २ – मोहनबहादुर बस्नेत
४३. स्याङ्जा १ – राजु थापा
४४. संखुवासभा – दीपक खड्का
४५. तेह्रथुम १ – सीता गुरुङ
४६. मोरङ ३ – सुनिलकुमार शर्मा
४७. सप्तरी ४ – तेजुलाल चौधरी
४८. कपिलवस्तु २ – सुरेन्द्रराज आचार्य
४९. मुगु १ – ऐनबहादुर शाही ठकुरी
५०. नुवाकोट २- अर्जुननरसिंह केसी
५१. महोत्तरी ४ – महेन्द्रकुमार राय
नेकपा एमाले
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२. झापा २- देवराज घिमिरे
३. झापा ४- लालप्रसाद (एलपी) साँवा लिम्बू
४. झापा ५- केपी शर्मा ओली
५. ताप्लेजुङ- योगेश भट्टराई
६ .धनकुटा १- राजेन्द्रकुमार राई
७. पाँचथर १ – वसन्तकुमार नेम्वाङ
८. सोलुखुम्बु- मानवीर राई
९. धनुषा ३- जुलीकुमारी महतो (महासेठ)
१०. पर्सा ३ – राजकुमार गुप्ता
११. बारा १ – अच्युतप्रसाद मैनाली
१२. बारा ३ – ज्वालाकुमारी साह
१३. सर्लाही ३ – हरिप्रसाद उप्रेती
१४. सिरहा १ – रामशंकर यादव
१५. सिरहा ३ – लीलानाथ श्रेष्ठ
१६. काभ्रे २ – गोकुल बास्कोटा
१७. मकवानपुर २- महेशकुमार बर्तौला
१८. ललितपुर २- प्रेमबहादुर महर्जन
१९. काठमाडौं ९- कृष्णगोपाल श्रेष्ठ
२०. कास्की १ – मनबहादुर गुरुङ
२१. कास्की २- विद्या भट्टराई
२२. कास्की ३ – दामोदर पौडेल वैरागी
२३. पर्वत – पदम गिरी
२४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
२५. अर्घाखाँची- टोपबहादुर रायमाझी
२६. कपिलवस्तु १- बलराम अधिकारी
२७. गुल्मी २ – गोकर्णराज विष्ट
२८. पाल्पा १ – नारायणप्रसाद आचार्य
२९. पाल्पा २ – ठाकुरप्रसाद गैरे
३०. प्युठान- सूर्यबहादुर थापा क्षेत्री
३१. बाँके १ – सूर्यप्रसाद ढकाल
३२. रुपन्देही ५ – वासुदेव घिमिरे
३३. कञ्चनपुर १ – तारा लामा तामाङ
३४. बैतडी – दामोदर भण्डारी
३५. रुपेन्देही १ – छविलाल विश्वकर्मा
३६. रुपन्देही २ – विष्णुप्रसाद पौडेल
३७. मोरङ २ – ऋषिकेश पोखरेल
३८. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता
३९. सुनसरी २ – भीम आचार्य
नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली २- लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बागलुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल
८. दाङ २ – रेखा शर्मा
९. खोटाङ- रामकुमार राई
१०. भोजपुर १ – सुदन किराती
११. मोरङ ४ – अमनलाल मोदी
१२. रुकुम पश्चिम – जनार्दन शर्मा
१३. काभ्रेपलाञ्चोक १ – सूर्यमान तामाङ (दोङ)
१४. नुवाकोट १ – हितबहादुर तामाङ
१५. कालिकोट १ – महेन्द्रबहादुर शाही
१६. हुम्ला – छिरिङ डम्डुल लामा (भोटे)
नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर
२ . बारा ४- कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी- प्रेमबहादुर आले
६. बझाङ- भानुभक्त जोशी
७.रौतहट १- माधवकुमार नेपाल
८. धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे
९. दाङ १ – मेटमणि चौधरी
१०. डोल्पा – धनबहादुर बुढा
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८- विराजभक्त श्रेष्ठ
३. काठमाडौं २- सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २ – रवि लामिछाने
७. चितवन १ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला – ज्ञानबहादुर शाही
३. मकवानपुर १ – दीपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङ्देन
५. नवलपरासी पश्चिम- ध्रुवबहादुर प्रधान
६. चितवन ३ – विक्रम पाण्डे
७. रुपन्देही ३ – दीपक बोहरा
जनता समाजवादी पार्टी
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १ – नवलकिशोर साह सुडी
३.सिरहा २ – राजकिशोर यादव
४.सिरहा ४ – वीरेन्द्रप्रसाद महतो
५.बारा २ – रामसहायप्रसाद यादव
लोकतान्त्रिक समाजवादी पार्टी
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १ – रामप्रसाद चौधरी
३. महोत्तरी २ – शरत्सिंह भण्डारी
४. महोत्तरी ३ – महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १ – रञ्जिता श्रेष्ठ
२. कैलाली २ – अरुणकुमार चौधरी
३. कैलाली ३ – गंगाराम चौधरी
जनमत पार्टी
१. सप्तरी २- सीके राउत
राष्ट्रिय जनमोर्चा
बागलुङ १ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी
भक्तपुर १- प्रेम सुवाल
स्वतन्त्र
१. बर्दिया २- लालवीर चौधरी
२. मोरङ ५ – योगेन्द्र मण्डल
३. रौतहट २ – किरणकुमार साह
४. रौतहट ३ – प्रभु साह
५. सर्लाही ४ – अमरेशकुमार सिंह