
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गरेको छ ।
आज (सोमबार) बसेको पार्टीको बैठकले सभापति लामिछानेलाई निर्विरोध दलको नेता चयन गरेको हो ।
रास्वपाले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतक भने चयन गरेको छैन । आजै बस्ने बैठकले अन्य पदको टुंगो लगाउने जानकारी दिइएको छ ।
पार्टी स्थापनासँगै पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएको रास्वपाले राष्ट्रिय दलको हैसियत बनाउँदै प्रतिनिधिसभामा १९ सिट जितेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फबाट १३ सिट प्राप्त गरेको हो ।
पार्टी सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर – २ बाट फरोकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।