
बाक्सिला बजारमा भएको आगलागी । तस्बिर : सामाजिक सञ्जाल
खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा आगलागी हुँदा पाँच घर नष्ट भएको छ । सोमबार साँझ स्थानीय व्यवसायी दिपक गुरुङको घरबाट सुरु भएको आगोले गुरुङको सहित रमेश परियार, डिल्लीकुमार श्रेष्ठ र शुभराज राईको घर जलेको हो ।
बजारका अन्य घरमा आगो फैलिन नदिन स्थानीय अकबर राईको घर जेसिभि र स्काभेटर लगाएर भत्काइएको केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले बताए । आगलागीमा व्यपार व्यवसाय सञ्चालन हुँदैआएको घरहरु जलेका हुन् ।
ढुंगामाटो र पानी हालेर स्थानीय र प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।