१० बैशाख २०८२, बुधबार

सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै

Sandeep 1

नाबालिग बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान अगाडि बढाउन दिएको आदेशविरुद्ध उच्च अदालत पुगेका सन्दीप लामिछानेको निदेवनमाथि आज सुनुवाइ हुँदैछ ।

जिल्ला अदालतको आदेश सच्याउनु पर्ने मागसहित उच्च अदालत पाटन पुगेका लामिछानेको पेशी आज तोकिएको छ ।

पेशीको पालो आएमा थुनामा राखेरै मुद्दा अगाडि बढाउने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा आदेश हुनसक्नेछ ।

नाबालिग बलात्कारको आरोपित लामिछानेलाई गत १८ कात्तिकमा काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।

आफू निर्दोश भएको दाबी गर्दै आएका उनले भने बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने जिकिर गरेका थिए ।

    सम्बन्धित समाचार...