१० बैशाख २०८२, बुधबार

मौसम : तराईमा हुस्सु, पश्चिमका हिमाली जिल्लामा हिमपातको सम्भावना

weather aajko mausam

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ।

बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ । त्यस्तै शुक्रबार दिउँसो प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, शुक्रबार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।

शनिबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि आकलन गरिएको छ ।

    सम्बन्धित समाचार...