१० बैशाख २०८२, बुधबार

साबिक विजेता लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा प्रवेश

Haaland14

साबिक विजेता लिभरपुल माथि ३-२ गोलको रोमान्चक जित हात पार्दै म्यानचेस्टर सिटी लिग कपको क्वार्टरफाइनमा प्रवेश गरेको छ ।

इत्तिहाद स्टेडियममा गएराति भएको खेलमा सिटीले १० औं मिनेटमा अग्रता लिएको थियो । अर्लिङ हालान्डले केभिन डी ब्रुयनाको आकर्षक क्रसमा गोल गरेका हुन् । त्यसअघि हालान्डले २० सेकेन्डमानै गोलको सुनौलो अवसर गुमाएका थिए । उनको यो सिजनको यो २४ औं गोल हो ।

लिभरपुलले खेलमा फर्कन धेरै समय लगाएन । २० औं मिनेटमा फाबियो कार्भाहालो गोल गर्दै खेललाई बराबरी फर्काए । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

४७ औं मिनटेमा रियाद महरेजले फेरी पेप सिटीलाई अग्रता दिलाए । त्यसको एक मिनेट पछि लिभरपुलका मोहम्मद सालाहले गोल गरेपछि खेल २-२ को रोमान्चक स्थितीमा पुगेको थियो । तर ५८ औं मिनेटमा नाथन आकेको गोलसँगै सिटीले लिभरपुललाई स्तब्ध पार्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो ।

डाविन नुनियाजले लिभरपुलका लागि गोलको अवसर सिर्जना गरेपनि सदुपयोग भएन। यो खेलसँगै क्वार्टरफाइन समीकरण पुरा भएको छ । सिटीले सेमिफाइनल प्रवेशका लागि साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित समाचार...