१६ बैशाख २०८२, मंगलवार

सिके राउत पनि पुगे बालकोट

Capture 6
फाइल फोटो

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित चार दलका नेताहरुको छलफलमा सहभागी हुन अध्यक्ष राउत बालकोट पुगेका हुन् ।

बालकोट पुगेर आफू प्रचण्डले बोलाएर बालकोट आएको प्रतिक्रिया दिएका छन् । बालकोटमा दाहाल, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायतका नेता छन् । अब उक्त छलफलमा राउतको पनि प्रवेश भएको छ ।

सरकार गठनका लागि राष्ट्रपतिले दिएको डेडलाइन सकिनुअघि दलहरू तीव्र छलफलमा जुटेका हुन् । सत्तारुढ गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि राजनीतिक समीकरण फेरिने देखिएको छ ।