
मदन भण्डारी मेमोरियल एकेडेमी नेपाल ताराबारीमा अध्यनरत एक विद्यार्थीको कबड्डी खेल्दा खेल्दै लडेर निधन भएको छ ।
बुधबार खेल मैदानमा आफैँ डलेका उनलाई तत्काल उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसक्ने भएपछि उनलाई बिर्तामोडस्थित बी एन्ड बी अस्पताल लगिएकोमा चिकित्कसकले मृत घोषणा गरेका थिए ।
संखुवासभा घर भएका १८ वर्षीय ल्यप्टोक थिकापे भोटे उक्त कलेजमा डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ गर्दै थिए । अभिभावकका अनुसार उनलाई मुटुको समस्या थियो ।
प्राध्यापक जितन आचार्यले भोटे स्वयं र उनका अभिभावकले भोटेको मुटुको समस्याका बारे कहिल्यै कलेजलाई जानकारी नदिएको बताए ।
मदन भण्डार मेमोरियल एकेडेमी नेपालले हरेक वर्ष आयोजना गर्ने खेल सप्ताहमा यो घटना भएको हो ।