८ बैशाख २०८२, सोमबार

देउवाले दिए प्रधानमन्त्री दाहाललाई बधाई

deubag 1673251533

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएका छन् ।

१८ महिनाअघि विकसित राजनीतिक घटनाक्रममा माओवादी, एकीकृत समाजवादीसहितको समर्थनमा आफू प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको उल्लेख गरे ।

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा सभापति देउवाले भने, ‘निर्वाचनमा सहभागी भएकामा सबै सांसदलाई धन्यवाद दिन चाहन्छु । यो प्रतिनिधिसभाबाट जनताले धेरै अपेक्षा गरेका छन् । पाँच वर्षको कार्यकालमा देश र जनताको भावनाअनुरुप काम गर्न सफल हुनुहुन्छ भन्ने कामना गर्दछु ।’

उनले संविधानको पालन र रक्षा गर्न सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई आग्रह गरे । साथै उनले मंसिर ४ को निर्वाचनबाट नेपाली कांग्रेसलाई पहिलो दल बनाएकामा मतदातालाई धन्यवाद पनि दिए ।