
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकता भएको बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक रहेको जनाए । देउवाले संविधानको कार्यान्वयन गर्न धेरै नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको बताए । उनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यसअनुरुपको आवश्यक नीति कानुन बनाउनुपर्ने बताए ।
उनले लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व रहेको र प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुने अपेक्षा गरेको पनि बताए ।
संसद् बैठकमा उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यकता हो । यसको लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक छ ।’
उनले संविधानको कार्यान्वयन गर्न नीति तथा कानुन निर्माण गर्न बाँकी रहेको जनाए । ‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यसअनुरुपको आवश्यक नीति कानुन बनाउनपर्छ,’ उनले भने, ‘लोकतन्त्रको उन्नयनका लागि संविधान, कानुनका साथै नैतिक आचरणको विशेष महत्त्व हुन्छ । प्रतिनिधिसभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणका लागि विशेष काम हुन सकोस् ।’
सभापति देउवाले आगामी पाँच वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाए । उनले नेपाली कांग्रेस जनताको अपेक्षा र पार्टीका कार्यकर्ताहरुको भावनाअनुसार काम गर्ने पनि बताए ।