१० बैशाख २०८२, बुधबार

प्रधानमन्त्रीले संविधान मिच्नु हुँदैन भन्ने आशा छ : अध्यक्ष नेपाल

Capture 2

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान नमिच्ने आशा व्यक्त गरेका छन् ।

संसद्को पहिलो बैठकमा सोमबार अध्यक्ष नेपालले प्रधानमन्त्री दाहाललाई विगतको शिक्षाअनुसार अगाडि बढ्न आग्रह गरेका हुन् । उनले भने, ‘वर्तमान प्रधानमन्त्रीले संविधान मिच्नु हुँदैन भन्ने आशा छ । प्रधानमन्त्रीले पनि संविधानको पालना गर्नुपर्छ भनेर नयाँँ प्रधानमन्त्रीले मनन गर्नुहुन्छ भन्ने आशा गरेको छु ।’

जनताले राजनीतिक दलको विश्वास गर्न छाडेकाले यो सरकारले जनताले महसुस हुने गरी विकासको काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले प्रधानमन्त्री दाहाललाई बधाई र सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

    सम्बन्धित समाचार...