
प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका तराइका भू-भागमा हुस्सु / कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। अहिले बिहान पहाडी तथा हिमाली धेरै भू-भागमा बादल लागेको छ भने तराईका केही भू-भागमा बादल तथा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश नं १, मधेस प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यत: सफा रहने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।
राति उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी, मंगलबार दिउँसो र राति सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।