१० बैशाख २०८२, बुधबार

पारालैंगिक महिलाको लुक्समा नाजिर

Najir Husain

अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको फिल्म ‘गुलाबी : एक रङ’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

समुन्द्र भट्टको निर्देशनमा तयार यो फिल्ममा अभिनेता नाजिर ट्रान्सवुमन (पारालैंगिक महिला)को भुमिकामा देखिएका छन् । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लगाएर गम्भिर मुद्रामा रहेको देख्न सकिन्छ । यसपटक नाजिरले आफूलाई अब्बल कलाकार पुष्टी गर्ने अनुमान समेत गर्न सकिन्छ ।

नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाएका थिए । नाजिरले यो लुक्सका लागि एक वर्षसम्म पारालिंगी महिलासँग संगत गरे । यस फिल्मको चरित्र निर्माणका लागि उनले क्लबदेखि सपिङ मलसम्म उनीहरुलाई पछ्याए ।

निकट भबिस्यमै रिलिज हुने फिल्ममा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन भने, अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि यस फिल्ममा देख्न सकिन्छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन भने संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन् ।

    सम्बन्धित समाचार...