१३ माघ २०७९, शुक्रबार। निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएलगत्तै उनले सरकारी निवास छाडेका हुन् । उनी यतिबेला निजी निवास गएका छन् ।
लामिछाने राजीनामा बुझाउन उनी गृह मन्त्रालयबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पनि आफ्नो निजी गाडीमा गएका थिए ।
लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको जिम्मेवारी लिएका छन्। पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै गएको छ।
गृहबाहेक प्रधानमन्त्रीले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।
सरकारी निवास छाडे
निवर्तमान उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले सरकारी निवास छाडेका छन् ।