१६ बैशाख २०८२, मंगलवार

देशभर मौसम बदली, वर्षा र हिमपातको छैन सम्भावना

weather aajko mausam

कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै आज देशभर मौसम बदली रहने छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहान पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने छ । राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

यस्तै, भोलि (शुक्रबार) दिउँसो पहाडी भू-भागहरूमा आंशिक बदली रहनेछ। राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

पर्सि (शनिबार) दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने छ भने राति प्रदेश १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

    सम्बन्धित समाचार...