
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मौसम सामान्यतया सफा रहेको छ । तर पश्चिमी वायुकी सामान्य प्रभावले दिउँसो भने प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।
देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा भने हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै आज रातीको मौसम प्रदेश १ र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही रहने छ । देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।