
देशमा हाल उल्लेखनीय वायु प्रणाली नभएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाकाे भनाइ छ ।
प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, शनिबार राती प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।