
नेपालका सन्दीप लामिछानले स्कटल्यान्डविरुद्धको खेलमा लगातार ३ विकेट लिएका छन् ।
सन्दीपले एकै ओभरमा दुईसहित जारी खेलमा स्कटल्यान्डको ३ विकेट लिएका हुन् ।
७ ओभर ५ बलमा स्कटल्यान्डको पहिलो विकेट लिएका सन्दीपले १३.५ र १३.६ ओभरमा लगातार दुई विकेट लिए ।
योसँगै जारी सिजनमा सन्दीपले १३ विकेट पूरा गरेका छन् ।
स्कटल्यान्डका कप्तान रिची बेरिङटोन पहिलो बलमै सन्दीपको बलिङमा एलबीडब्लु धरापमा परे । त्यसअघि ओपनर जर्ज मुन्सी ६० रन बनाएर बोल्ड आउट भएका थिए । मुन्सी बोल्ड भएपछि क्रिजमा आएका कप्तान बेरिङटोन क्रिजमा टिक्न सकेनन् ।
विस्फोटक पारी खेल्दै मुन्सीले अर्धशतक पूरा गरे । उनले ९ चौका र २ छक्का प्रहार गर्दै ६० रन बनाए । त्यसअघि अर्का ओपनर काइल कोएत्जरले ४ चौकासहित २२ रन बनाए ।
अहिले क्रिजमा क्रिस्टोफर म्याकब्राइड र म्याथ्यु क्रस छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजअन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डले १७ ओभरमा ३ विकेट गुमाएर १०४ रनका साथ खेलिरहेको छ ।