
फाइल फोटो
नेकपा (एमाले) आजै नै सरकारबाट बाहिरिने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुलाई आज नै सरकारबाट बाहिरिनेबारे जानकारी गराएका छन् ।
हिजो साँझ बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारबाट बाहिरिन लागेको हो ।
एमालेबाट अहिले विष्णु पौडेलको नेतृत्वमा मन्त्रीहरु सहभागी छन् । एमाले बाहिरिएपछि कांग्रेस सरकारमा सहभागी हुने तयारी गरेको छ ।