
सरकारले असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट पढाउन सुरु गर्ने भएको छ ।
कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनले विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट एफएम रेडियो, टेलिभिजन र इन्टरनेट सेवा मार्फत् कक्षा सञ्चालन गर्ने भएको छ ।
शिक्षा मन्त्रालयअन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको श्रव्यदृश्य शाखाले कक्षा एकदेखि आठ कक्षासम्मको असार १ गते देखि सुरु हुने पढाइ तालिका सार्वजनिक गरेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ शुरु हुने रुटिन समेत जारी भइसकेको जानकारी दिए ।
यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।
उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ ।
यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।


