
जिल्लामा विपद व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम हिडेका गाउँपालिकाका अध्यक्षको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राकुमार शर्मा सवार स्कार्पियो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परी गाउँपालिका अध्यक्ष शर्माको मृत्यु भएको छ ।
दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपराका प्रहरी उपरिक्षक अजय केशीले जानकारी दिए ।
शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् उनको अवस्था खतरामुक्त रहेको छ । गाउँपालिकाको लु१झ ३७० नम्बरको स्कारर्पियो गाडी साइकलमा सवार यात्रुलाई बचाउने क्रममा बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो ।