
स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर रियलले स्पान्योलमाथि ३–१ को पूनरागमन जित निकालेको हो ।
सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियलको पूनरागमन जितमा भिनिसियस जुनियर, एडर मिलिसाओ र मार्काे एसेन्सियोले गोल गरे ।
खेलको आठौं मिनेटमा जोसेलुको गोलबाट रियल खेलमा पछि परेको थियो । एक गोलले पछि परेको रियल २२औं मिनेटमै खेलमा फर्कियो । भिनिसियस जुनियरले टोनी क्रुसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ६ मा छोट्याएको छ । रियलको २५ खेलबाट ५६ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ६२ अंक छ । पराजित स्पान्योल २५ खेलबाटै २७ अंक जोडेर १३औं स्थानमा छ ।