
यसै वर्षदेखि सरकारले इन्जिनियरहरुलाई लाइसेन्स अनिवार्य गरेको छ । कानुन व्यवसायीले जस्तै अब देखि इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीले पनि पेसा व्यवसाय सञ्चालनका लागि लाइसेन्सको परीक्षा दिनुपर्ने हुन्छ ।
पहिलो चोटि आइतबार भएको परीक्षामा १ हजार ९ सय ८१ जनाले परीक्षा दिएकोमा ५६५ जना मात्र उत्तीर्ण भएका छन् । बाँकी १ हजार ३ सय १६ जना इन्जिनियरिङ पेसाका लागि अयोग्य ठहरिएका छन् ।
आइतबार सम्पन्न लाइसेन्ससम्बन्धी परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो ।