
आंशिकदेखि सामान्य मौसम बदली भइ आज देशका पहाडी भूभागमा वर्षाको सम्भावना छ ।
आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा हुनेछ ।
राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।
भोलि (बुधबार) पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
बिहीबार देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ । राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।