
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सहकार्यमा सरकार बन्ने दावी गर्नुभएको छ ।
आज गृहजिल्ला सुर्खेत पुगेका रक्षामन्त्री खड्काले केन्द्रीय समीकरणअनुसार नै सातै प्रदेशमा सरकार बन्ने बताउनुभएको हो ।
उहाँले कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार छिट्टै बन्ने भन्दै केही समय धैर्य गर्न समेत आग्रह गर्नुभयो । उहाँले यही गठबन्धनले संघीयता र लोकतन्त्रको रक्षा गर्ने दावी समेत गर्नुभयो ।
फरक प्रसंगमा मन्त्री खड्काले भारतसँग विवाद रहेको भूमिका सन्दर्भमा कुटनीतिक वार्ताबाट समाधान गरिने दृढता व्यक्त गर्नुभयो ।
सीमा विवाद उत्तेजनामा, आवेगमा समाधान गर्ने विषय नभएको बताउदै विश्वासको वातावरण बनाएर समाधान गर्नुपर्ने उहाँको तर्क छ ।
सरकारले देशको अर्थतन्त्र सुधारमा काम गर्ने पनि उहाँको दावी छ ।