८ बैशाख २०८२, सोमबार

मावलीकै थरबाट जन्मदर्तामा सरकार ‘ब्याक’

office of prime minister and council of nepal ghatana

एकल महिलाबाट जन्मेका बच्चालाई ‘मावलीकै थर’ बाट जन्मदर्ता प्रदान गर्ने भनी सरकारले जारी गरेको यसअघिको परिपत्रलाई आज सच्याएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले चैत २२ गते स्थानीय पञ्जिकाधिकारीहरुलाई परिपत्र गर्दै ‘मावली थर’ राख्ने व्यवस्था गरिएकोमा ‘बच्चा जन्मिँदा कायम आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने’ भनी सच्याएको हो ।

आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने बारेको अघिल्लो परिपत्रबारे विभिन्न टिकाटिप्पणी भएपछि विभागले सच्याएको हो ।

    सम्बन्धित समाचार...