
इंग्ल्यान्डको उत्तरपूर्वमा पर्ने समुद्रमा सोमबार अमेरिकी वायुसेनाको एफ–१५ विमान दुर्घटनाग्रस्त भएको छ।अमेरिकी एयर फोर्सका अनुसार तालिमका क्रममा विमान दुर्घटना भएको हो जसका पाइलट हराइरहेका छन्।
४८ औं फाइटर विङको एफ १५ सी इगल दुर्घटना भएको हो। नियमित अभ्यासका क्रममा विमान दुर्घटना भएको थियो। विमानमा एकजना पाइलटमात्र थिए।

‘दुर्घटनाको कारण खुल्न सकेको छैन। बेलायती खोजकर्ता र उद्दारकर्मी जुटिसकेका छन्,’ अमेरिको हवाई सेनाले वक्तव्यमार्फत् जानकारी गराएको छ।परिवारलाई जानकारी नभए सम्म पाइलट्को नाम सार्वजनिक नहुने भएको छ|
F15C एकल-सीट जेटको मोडेल हो जुन अमेरिकी वायुसेनाले सन १९७९ देखि प्रयोग गर्दै आएको छ। आरएएफ लेखहिथ इंग्ल्यान्डको सबैभन्दा ठूलो अमेरिकी वायुसेना संचालित आधार शिविर हो र यो यूरोप भरिमा एक मात्र एफ्-१५ जेटको हवाई अड्डा हो ।
अमेरिकी वायुसेनाले विमानमा एक मात्र पाइलट रहेको जानकारी दिएको छ।