१० बैशाख २०८२, बुधबार

सिंहदरबार र शीतलनिवासको फोहोर नउठाएकोमा काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्चमा रिट

Supreme Court 43KnAVGEAY

सिंहदरबार र राष्ट्रपति कार्यालय शीतलनिवासको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

काठमाडौं महानगरपालिका र प्रमुख बालेन्द्र शाहलाई विपक्षी बनाउँदै अधिवक्ता पदम श्रेष्ठ रिट दायर गरेका हुन् । संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै महानगरले ९ दिनदेखि सिंहदरबार र राष्ट्रपति कार्यालयबाट फोहोर उठाएको छैन । फोहोर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलने भएकाले अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ ।

यस्तै, उच्च अदालत पाटनले सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अनधिकृत संरचना ७ दिनभित्र हटाउन काठमाडौं महानगरले दिएको सूचना तत्काल कार्यान्वयन नगर्न यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

तोकिएको समयमा त्यस्ता संरचना हटाए महानगर आफैंले हटाउने भनि जारी गरेको सूचना कार्यान्वयन नगर्न उच्च अदालतले चैत १७ गते अन्तरिम आदेश दिएको थियो । न्यायाधीश दुर्गाबहादुर विश्वकर्मा र दीपेन्द्र अधिकारीको इजलासले आज (सोमबार) यसअघिकै आदेशलाई निरन्तरता दिएको हो ।

    सम्बन्धित समाचार...