१० बैशाख २०८२, बुधबार

उपत्यकालगायत देशका धेरै ठाउँमा आज पनि तुवाँलो, तराईमा हावाहुरी

XIRcEl1kprnorJIiFJ09

काठमाडौं उपत्यकालगायत देशका अधिकांश भू-भागमा आज पनि तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो तराईका थोरै स्थानहरुमा हावाहुरी चल्नुका साथै उपत्यकालगायत देशका धेरै ठाउँमा तुवाँलोको लाग्ने जनाएको छ ।

आंशिक बदली भइ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

भोलि (बुधबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ। महाशाखाकाअनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्ने छ । साथै उपत्यकालगायत देशका केही भू-भागमा तुवाँलो कायमै रहने छ ।

बिहीबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा वाग्मती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ।

    सम्बन्धित समाचार...