
कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ। आज अपराह्नपछि पश्चिम तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति देशका पहाडी भू-भागका एक- दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।
महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ।
भोलि (आइतबार) पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हावाहुरी चल्ने छ ।
राति पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षा हुनेछ ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ। अपराह्नपछि देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।